बेस्ट एक्सचेञ्ज हाउसको लाइसेन्स खारेज हुँदै, लेनदेन बाँकी हुनेलाई निवेदन दिन राष्ट्र बैंकको आग्रह

काठमाडौं ।बेस्ट एक्सचेञ्ज हाउसको लाइसेन्स खारेज हुनेभएको छ। नेपाल राष्ट्र बैंकबाट मनिचेञ्जर कारोबार गर्न लाइसेन्स प्राप्त गरेको बेस्ट एक्सचेञ्ज हाउस ठमेल काठमाडौंले स्वेच्छिक रुपमा लाइसेन्स खारेज गर्न निवेदन दिएको छ।

राष्ट्र बैंकले बेस्ट एक्सचेञ्ज हाउसको निवेदन अनुरुप लाइसेन्स खारेजी प्रक्रिया अघि बढाएको छ। मनिचेञ्जर कारोबारको सिलसिलामा कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाको लेनदेन (मनिचेञ्जरसँग सम्बन्धित कारोबार मात्र)रकम बाँकी रहेको भए शनिबार प्रकाशित सूचनाको मितिले ३५ दिनभित्र विदेशी विनिमय व्यवस्थापपन विभागमा लिखित रुपमा जानकारी दिन राष्ट्र बैंकले सूचित गरेको छ।

तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा निवेदकको मागबमोजिम लाइसेन्स खारेजी गरी बैंक जमानत फुकुवा हुने राष्ट्र बैंकको सूचनामा उल्लेख छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार