संसदीय छानबिन विशेष समितिको कार्यक्षेत्र तोकियो

काठमाडौं । समस्यामा परेका सहकारीहरूको छानबिनका लागि जेठ १५ गते गठन भएको संसदीय छानबिन विशेष समितिको कार्यक्षेत्र तोकिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको कार्यविधि २०८१ जारी गर्दै समितिको क्षेत्राधिकार तोकिएको हो ।

सहकारी संस्थाहरूमा देखिएको संकट र यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिताको विषयमा समितिले अध्ययन गर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।

कार्यविधि अनुसार जोखिममा रहेका र दुरुपयोग भएको बचतको छिटो र सरल फिर्ता कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि समितिले अध्ययन गर्न पाउनेछ ।

गोरखा मिडिया लगायत अन्य कम्पनी वा संस्थाबाट प्रवाह भएको रकमको अवस्था, गैरकानुनी रूपमा रकम प्रवाह भएकोरनभएको अध्ययन गरी रकम जोखिममा पार्न संलग्नलाई कारबाहीका लागि सिफारिस गर्ने सम्मको काम अध्ययन समितिले गर्नुपर्ने कार्यविधिमा जनाईएको छ ।

समितिको सभापतिले बैठक आव्हानका लागि सूचना दिने र अन्य सदस्यलाई बोल्नका लागि समय निर्धारण गर्नुपर्नेछ । बैठक निर्धारित समयमा शुरु हुन नसके सभापतिले सूचना दिएर बैठक स्थगित गर्न सक्नेछन् । बैठकको कार्यसूची अघिल्लो बैठकबाट शुरु हुनेछ । बैठक बोलाइएको समयमा उपस्थित हुन नसक्ने भए सभापतिलाई पूर्व सूचना दिनुपर्ने प्रावधान कार्यविधीमा उल्लेख छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार