साताको सेयर बजार : कारोबार र बजार पूँजीकरण रकम दुवैमा गिरावट

काठमाडौं । साताभर चार दिन चलेको सेयर बजारमा कारोबार रकम र बजार पूँजीकरण रकम दुवैमा गिरावट आएको छ । अधिकांश सूचकहरु नाकारात्मक रहेको यो सातामा कारोबार रकम गत साताको तुलनामा ११ अर्ब ७६ करोड ९२ लाख रुपैयाँले कमी आएको छ । यो साता कारोबार रकम १६ अर्ब ८० करोड २९ लाख रुपैयाँ रहँदा गत साता भने सो रकम २८ अर्ब ५७ करोड २१ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, नेप्से परिसूचक पनि ४३.९८ अंकले घटेको छ । यो साता २०६८.३१ अंकमा पुगेको नेप्से गत साता २ हजार १ सय १२.२९ अंकमा पुगेको थियो । यो बजार पूँजीकरण रकममा ६९ अर्ब ७३ करोड ८६ लाख रुपैयाँले कमी आएको हो । यो साता बजार पूँजीकरण रकम ३२ खर्ब ७९ अर्ब ७३ करोड ६८ लाख रुपैयाँ हुदाँ गत साता ३३ खर्ब ४९ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ रहेको थियो ।

 

समूह सूचकलाई विश्लेषण गर्दा गत साताको तुलनामा यो साता वित्त बाहेक बाँकी १२ वटा समूह सूचकहरु घटेको पाउन सक्छौं । यो साता वित्त सूचक २.६४ प्रतिशतले बढेको हो । बैंकिङ २.४७ प्रतिशत, विकास बैंक ३.०३ प्रतिशत, होटल र पर्यटन १.९६ प्रतिशत, जलविद्युत १.३७ प्रतिशत, लगानी १.९७ प्रतिशत, जीवन बीमा २.२८ प्रतिशत, उत्पादन र प्रशोधन २.०७ प्रतिशतले घटेको छ । त्यस्तै, लघुवित्त २.८४ प्रतिशत, म्युअुचल फण्ड ०.८४ प्रतिशत, निर्जिवन बीमा १.५९ प्रतिशत, व्यापार २.७४ प्रतिशत र अन्य २.१८ प्रतिशतले घटेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार