कुमारी बैंकको १६ हजार बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले १६ हजार ६ सय ४५ कित्ता संस्थापक शेयर शुक्रवारबाट विक्रीमा ल्याएको छ । बैंकले हरेक दिनजसोनै संस्थापक शेयर विक्री खुला गरिरहेको छ ।

शुक्रवार विक्रीमा आएको संस्थापक शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन पेस गर्न सक्नेछन् ।

आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेस गर्न बैंकले भनेको छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार