टी–२० विश्वकपः अष्ट्रेलिया माथि अफगानिस्तानको शानदार

काठमाडौं ।अफगानिस्तानले अष्ट्रेलिया माथि शानदार जित हासिल गरेको छ। टी–२० विश्वकप अन्तर्गतको सुपर एटमा अफगानिस्तानले अस्ट्रेलिय माथि २१ रनको ऐतिहासिक जित हासिल गरेको छ। क्रिकेटको कुनै पनि संकरणमा अफगानिस्तानको अस्ट्रेलिया माथिको यो पहिलो जित हो। यो जितसँग अफगानिस्तानले सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ ।

अफगानिस्तानको जित पछि सुपर एट समूह १ बाट सेमिफाइनल पुग्ने दौड रोचक बनेको छ । भारतको २ खेलबाट ४ अंक छ । अफगानिस्तान र अष्ट्रेलियाको समान २ अंक र बंगलादेश अंकविहिन छ ।

अन्तिम खेलहरुमा भारतले अष्ट्रेलिया र अफगानिस्तानले बंगलादेशको सामना गर्नेछन् । अफगानिस्तानले आफ्नो खेलमा जित दर्ता गर्न सकेमा एक टोलीसँग नेट रनरेटको प्रतिस्पर्धा रहनेछ ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४८ रन जोडेको थियो । अफगानिस्तानका रहमनुल्लाह गुर्बाजले ४९ बलमा ६० रन बनाए । इब्राहिम जाद्रानले ४८ बलमा ५१ रनको इनिङ खेले ।

अष्ट्रेलियाका प्याट कमिंसले ह्याट्रिक सहित ३ विकेट लिए । उनको यो लगातार दोस्रो खेलमा ह्याट्रिक रहेको हो।
१ सय ४९ रनको लक्ष्य पछ्याउने क्रममा ४ बल अघि नै अस्ट्रेलिया १ सय २७ रनमा अलआउट भयो। अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४१ बलमा ५९ रन बनाउनु बाहेक अन्य ब्याटर चल्न सकेनन् ।

अफगानिस्तानको जितमा गुलबदिन नैवले ४ विकेट लिए । नभिन उल हकले ३ तथा ओमारजाई, मोहम्मद नबी र राशिद खानले १(१ विकेट लिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार