सामान्य अंकले घट्यो सेयर बजार, ४ अर्बको कारोबार

Garima_Business-Loan3

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५.३७ अंकले घटेर २ हजार ६२.९४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.६३ अंकले घटेर ३ सय ६४.४२ विन्दुमा पुगेर बन्द भएको छ ।
कारोबारको पहिलो दिन आइतबार ७८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ सय ६४ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आइतबार ३ सय १७ वटा कम्पनीको ९५ लाख ६१ हजार ७ सय २७ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार रुपैयाँ पुग्यो । त्यस्तै आइतबार बजार पूँजीकरण रकम भने ३२ खर्ब ७१ अर्ब २२ करोड १४ लाख रुपैयाँ रह्यो ।

उपसमूह मध्ये १० वटा उपसमूह घट्दा बाँकी ३ वटा उपसमूहको सेयर बढेको छ । बैंकिङ ४.४७, विकास बैंक ४.०६, होटल र पर्यटन ५८.७४, जलविद्युत १.५७, लगानी ०.४६, जीवन बीमा ५४.३०, उत्पादन र प्रशोधन २९.६४, लघुवित्त ५६.५६, म्युअुचल फण्ड ०.०६, निर्जिवन बीमा १३.६८ अंकले घटेको हो । वित्त १२८.५३, व्यापार १९.१२ र अन्य ३.९९ अंकले बढेको हो ।

आइतबार रिलायन्स फाइनान्स, गणपति लघुवित्त वित्तीय संस्था, साधन लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनी र नेपाल फाइनान्सको सेयरमा सकारात्मक सर्किट लागेको छ । ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था, सनराइज ब्लुचीप फण्ड, कालिका लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था र बाराही हाइड्रोको सेयर मूल्य घट्दा यसका लगानीकर्ताहरुले गुमाए ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार