भारतसँग मात्रै ८ खर्ब १३ अर्ब रुपैयाँ व्यापार घाटा

काठमाडौं । नेपालको सबैभन्दा धेरै व्यापारघाटा भारत र तीनसँग रहेको छ । १ सय वटा भन्दा बढी मुलुकसँग नेपालले वैदेशिक व्यापारमा घाटा व्यहोर्दा सबैभन्दा धेरै भने भारत, चीन र क्रमशः संयुक्त अरब इमिरेटस(यूएइ), युक्रेन, मलेसिया, अष्टे«लिया, अर्जिन्टना, फ्रान्स लगायतका मुलुकसँग रहेको छ ।

भन्सार विभागको तथ्यांक अनुरुप चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालले भारतसँग आठ खर्ब १३ अर्ब ७८ करोड २९ लाख रुपैयाँ र चीनसँग दुई खर्ब ७० अर्ब ४० करोड १८ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । त्यस्तै, समीक्षा अवधिमा युएइसँग २६ अर्ब पाँच करोड ४२ लाख रुपैयाँ, युक्रेनसँग १७ अर्ब २० करोड ७९ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । त्यस्तै, मलेसियासँग १६ अर्ब ४९ करोड १० लाख रुपैयाँ, अष्ट्रेलियासँग ११ अर्ब ७४ करोड ४४ लाख रुपैयाँ, अर्जेन्टिनासँग ११ अर्ब ३४ करोड ५७ लाख रुपैयाँ, फ्रान्ससँग नौ अर्ब ८९ करोड ८६ लाख रुपैयाँ, इन्डोनेसियासँग नौ अर्ब ६८ करोड ८२ लाख रुपैयाँ, साउदी अरबियासँग आठ अर्ब ५७ करोड ५६ लाख रुपैयाँ र दक्षिण कोरियासँग सात अर्ब ९७ करोड ११ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।

भारतबाट नौ खर्ब आठ अर्ब २९ करोड रुपैयाँ, चीनबाट दुई खर्ब ७२ अर्ब २८ करोड रुपैयाँ, युएइसँग २८ अर्ब ४८ करोड रुपैयाँ, युक्रेनबाट १७ अर्ब २० करोड रुपैयाँ, मलेसियाबाट १६ अर्ब ७१ करोड रुपैयाँ, अष्ट्रेलियाबाट १३ अर्ब ३९ करोड रुपैयाँ र अर्जेन्टिनाबाट ११ अर्ब ३४ करोड रुपैयाँ बराबरको आयात व्यापार रहेको छ । भारतमा ९४ अर्ब ५१ करोड रुपैयाँ, चीनमा दुई अर्ब ४० करोड रुपैयाँ, युएइमा दुई अर्ब ४२ करोड रुपैयाँ, युक्रेनमा पाँच लाख ७५ हजार रुपैयाँ, मलेसियामा २२ करोड ८१ लाख रुपैयाँ, अष्ट्रेलियामा एक अर्ब ६५ करोड दुई लाख रुपैयाँ र अर्जेन्टिनामा १८ लाख रुपैयाँ बराबरको निर्यात व्यापार रहेको छ । खर्ब, अर्ब र करोडामा आयात व्यापार हुदाँ निर्यात व्यापारको अनुपात भने अर्ब, करोड , लाख र हजारमा रहेको छ , जसले उच्च आयात र न्यून निर्यात व्यापारलाई पुष्टि गरिदिएको छ । आयात हुने मुख्य वस्तुहरुमा पेट्रोलियम पदार्थ, फलाम तथा स्टील र तिनका उत्पादन, मेशिनरी तथा पार्टस, कच्चा भटमास, औषधि, विद्युतीय सामाग्री, यातायातका साधन र तिनका पार्टपुर्जा, कच्चा पाम तेल, अन्न, तयारी पोशाक, दूरसञ्चार सामग्री र सून रहेका छन् । उच्च आयात र न्यून निर्यातका कारण ती मुलुकहरुसँग नेपालले उच्च व्यापार घाटा व्यहोरेको विज्ञहरु बताउछन् । भारतबाट हामी दैनिक उपभोग्य सामग्री अर्थात् भन्साका सामग्री दाल, चामल, गहुँ, मैक, तेल लगायतका सामग्रीहरु उच्च आयात गर्ने गरेका छौं । साथै सबैभन्दा धेरै परिणामामा पेट्रोलियम पदार्थ आयात गर्छौं भने त्यसका साथै भारतबाट सवारी साधन, विद्युतीय सामग्री, मेशिनरी पार्टस लगायतका सामग्री आयात गर्दा नेपालले भारतसँगको व्यापारमा घाटा व्यहोरेको छ । आयातको तुलनामा भारतमा निर्यात भने ज्यादै न्यून रहेको छ । विशाल जनसंख्या रहेको भारतमा हामीले कृषिजन्य सामग्री, कपडा, जुस र औद्योगिक उत्पादन निर्यात गर्ने वातावरण हुदाँ हुदै पनि निर्यात गर्न नसक्ने भई बस्नु परेको विज्ञहरुको भनाई छ । उनीहरुले सरकारले कृषिजन्य उत्पादनमा जोड दिइ भारत, चीन लगायतका मुलुकमा निर्यात गर्न सके मात्र नेपाल भारतबीच रहेको व्यापार खाडाल पुर्न सक्ने बताए ।

त्यस्तै, समीक्षा अवधिमा नेपालले व्यापारमा उच्च नाफा कमाएको भने डेनमार्क सँग रहेको छ । डेनमार्क पश्चयात अफगानिस्तान, नर्वे, स्वीडेन, मौरीटानिया, ल्याटिभा, आइसल्याण्ड, न्यू क्यालडोनिया, माल्दिभ्स र मौरिसस लगायतका मुलुकसँग नेपालको व्यापार नाफामा रहेको छ । डनमार्कसँग ४४ करोड १६ लाख रुपैयाँ, अफगानिस्तानसँग ३९ करोड १८ लाख रुपैयाँ , नवसँग १२ करोड १३ लाख रुपैयाँ, स्वीडेनसँग तीन करोड ४२ लाख रुपैयाँ, मौरीटानियासँग तीन करोड पाँच लाख रुपैयाँ, ल्याटिभासँग दुई करोड ८३ लाख रुपैयाँ , आइसल्याण्डसँग दुई करोड ५२ लाख रुपैयाँ, न्यू क्यालडोनियासँग दुई करोड ४७ लाख रुपैयाँ, माल्दिभ्ससँग दुई करोड ३३ लाख रुपैयाँ र मौरिसससँग एक करोड ५६ लाख रुपैयाँबराबरको व्यापारमा नेपालले नाफा कमाएको छ ।

डेनमार्कसँग ७७करोड ६८ लाख रुपैयाँ, अफगानिस्तानसँग ४० करोड ३४ लाख रुपैयाँ, नवेसँग१५ करोड ७० लाख रुपैर्याँ, स्वीडेनसँग तीन करोड ४९ लाख रुपैयाँ, मौरीटानियासँग तीन करोड १२ लाख रुपैयाँ, ल्याटिभासँग पाँच करोड तीन लाख रुपैयाँ, आइसल्याण्डसँग दुई करोड ५३ ल ाख रुपैयाँ, न्यू क्यालडोनियासँग दुई करोड ४७ लाख रुपैयाँ, माल्दिभ्ससँग दुई करोड ४१ लाख रुपैयाँ र मौरिसससँग दुई करोड २४ लाख रुपैयाँ बराबरको निर्यात व्यापार रहेको छ । डेनमार्कसँग ३३ करोड ५१ लाख रुपैयाँ, अफगानिस्तानसँग एक करोड १६ लाख रुपैयाँ, नर्वेसँग तीन करोड ५७ लाख रुपैयाँ, स्वीडेनसँग सात लाख १२ हजार रुपैयाँ, मौरीटानियासँग छ लाख ८५ हजार रुपैयाँ, ल्याटिभासँग दुई करोड १९ लाख रुपैयाँ, आइसल्याण्डसँग एक लाख ८४ हजार रुपैयाँ, न्यू क्यालडोनियासँग ११ हजार रुपैयाँ, माल्दिभ्ससँग सात लाख ८२ हजार रुपैयाँ र मौरिसससँग ६८ लाख १५ हजार रुपैयाँ बराबरको आयात व्यापार रहेको छ । नेपालबाट निकासी हुने प्रमुख वस्तुहरुमा फलाम तथा फलामका उत्पादनहरु, यार्न, उनी गलैंचा, तयारी पोशाक, जुस, अलैंची, प्लाइउड, जुट तथा जुटका सामानहरु, उनी फेल्टका उत्पादन, पामतेल, चिया, पश्मिना सल, कुकुर विरालाका आहारा, पिना, जडीबुटी, कपडा, चाउचाउ, सिमेन्ट क्लिंकर र तामा तथा तामाका उत्पादन रहेका छन् । विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा मुलुकले १३ खर्ब १४ अर्ब ४४ करोड ४१ लाख रुपैयाँले व्यापार घाटा व्यहोरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनमा एक दशमलव ७२ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा मुलुकको व्यापार घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ रहेको थियो । तथ्यांकलाई आधार मान्दा व्यापारघाटा घटे पनि उत्साह हुनुपर्ने देखिदैन कारण उच्च आयात र न्यून निर्यात हो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार