CLI

१० महिनामा १० अर्ब बीमा पोलिसी सरेन्डर, ३५.५ प्रतिशत सहित नेपाल लाइफ इन्स्योरेन्स शीर्षमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दश महिनासम्म बीमितहरुले १० अर्ब रुपैयाँभन्दा बढीको बीमा पोलिसी समर्पण (सरेन्डर) गरेका छन्। बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आवको वैशाख मसान्तसम्म बीमितहरुले १० अर्ब ७० करोड ३ लाख ९ हजार रुपैयाँ बराबरको ८७ हजार २०१ वटा बीमा पोलिसी सरेन्डर गरेका छन्।

सबैभन्दा धेरै पोलिसी सरेन्डर गर्नेमा नेपाल लाइफ इन्स्यारेन्सका बीमितहरु रहेका छन्। वैशाख मसान्तसम्म कुल सरेन्डर भएको बीमा पोलिसी मध्ये नेपाल लाइफ इन्स्यारेन्सको हिस्सा ३५.५ प्रतिशत रहेको छ। नेपाल लाइफ इन्स्यारेन्सबाट २४ हजार ३३० बीमा पोलिस मार्फत ३ अर्ब ८० करोड २४ लाख ४३ हजार रुपैयाँ सरेन्डर भएको छ।

पोलिसी सरेन्डरको आधारमा दोस्रो स्थानमा लाइफ इन्स्योरेनस कर्पोरेशन (नेपाल) का बीमितहरु रहेका छन्। वैशाख मसान्त सम्म कुल सरेन्डर भएको बीमा पोलिसी मध्ये लाइफ इन्स्योरेनस कर्पोरेशन (नेपाल)को हिस्सा २२.१ प्रतिशत रहेको छ। लाइफ इन्स्योरेनस कर्पोरेशन (नेपाल)बाट १७ हजार २९६ बीमा पोलिस मार्फत २ अर्ब ३६ करोड ४५ लाख २७ हजार रुपैयाँ सरेन्डर भएको छ।

सबैभन्दा कम बीमा पोलिसी सरेन्डर गर्नेमा सन नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरु रहेका छन्। सन नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरुले ५४३ बीमा पोलिसी मार्फत ५ करोड २३ लाख ८३ हजार रुपैयाँ सरेन्डर गरेका छन्।

बीमा पोलिसी सरेन्डरको अवस्था

Leave Your Comment

Related News