मेड इन नेपाल हुन्डाई भेन्यु ६.९९ प्रतिशत ब्याजदरमा खरिद गर्न सकिने

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रतो लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा बनेको भेन्यु बिक्री वितरण सुरु भएको छ। नेपालमा नै हुन्डाई भेन्युको को व्यवसायिक उत्पादन गरिएको कुरालाइ ध्यानमा राखी हुन्डाई नेपालः मेड फर योर जोर्नी (HYUNDAI NEPAL: MADE FOR YOUR JOURNEY )ग्राहकमुखी योजना ल्याएको छ।

यस योजनामा हुन्डाई भेन्यू खरिद गर्दा ६।९९ प्रतिशत फाइनान्सीङ्गको व्यवस्था , १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी रहने कम्पनीले जनाएको छ । लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनी प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा भेन्यु मोडल उत्पादन सुरु गरेको र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु हुन्डाई मोटर कम्पनी वा इन्डियामा बन्ने सोही मोडलका गाडिहरु सरह कै हुने कम्पनीले दाबी गरेको छ ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहश्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।

हाल विक्री वितरण सुरु भएको मेड इन नेपाल हुन्डाई भेन्यु १.२ (एस) को मूल्य ४४ लाख ९६ हजार रुपैयाँ र हुन्डाई भेन्यु १.२ (एसएक्स)को मूल्य ५३ लाख ५६ हजार रुपैयाँ तोकिएको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार