०.१५ प्रतिशतले बढ्यो नेप्से, ५ अर्ब पुग्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार ०.१५ प्रतिशतले बढेको छ । सोमबार नेप्से परिसूचक ३.२१ अंकले बढेर २ हजार ६६.१६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स परिसूचक ०.३९ अंकले बढेर ३ सय ६४.८१ अंकमा पुगेर बन्द भएको छ । आइतबार भने नेप्से परिसूचक ५.३७ अंकले घटर २ हजार ६२.९४ विन्दुमा बन्द भएको थियो ।

सामान्य अंकले बढेको सेयर बजारमा एक सय ४२ वटा कम्पनी सेयर मूल्य बढ्दा ९४ वटा कम्पनीको सेयर मूल्य घटेका छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । सोमबार ३ सय २२ वटा कम्पनीको १ करोड ७ लाख ७ हजार ८ सय ७८ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार रुपैयाँ रह्यो । ६६ हजार ५ सय १९ पटक कारोबार भएको थियो ।

सोमबार सबैभन्दा बढी कारोबार हुनेमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेड, पोखारा फाइनान्स, माउन्टेन इनर्जी नेपाल र मन्जुश्री फाइनान्स रहे । माइक्रोफाइनान्स वित्तीय संस्थाको २४ करोड ३२ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेडको १८ करोड ४१ लाख रुपैयाँ, पोखारा फाइनान्सको १६ करोड १७ लाख रुपैयाँ, माउन्टेन इनर्जी नेपालको १४ करोड ५८ लाख रुर्पैयाँ र मन्जुश्री फाइनान्सको १४ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भयो ।  सोमबार १३ वटा उपसमूह मध्ये ६ वटाको सेयर बढ्दा बाँकी ७ वटा उपसमूहको सेयर घट्यो । विकास बैंक ६३, वित्त ५२.३२, जलविद्युत ४.९०, लघुवित्त ६१.७६, म्युअुचल फण्ड ०.०९ र अन्य समूह ०.५४ अंकले बढ्दा बैकिङ ३.१९, होटल र पर्यटन ११.१९, लगानी ०.१९, जीवन बीमा १८.७७, निर्जीवन बीमा ९.६७ र व्यापार १२.२८ अंकले घटेको छ ।

सोमबार नेपाल फाइनान्स, गणपत्रि लघुवित्त वित्तीय संस्थाको सकारात्मक सर्किटन लाग्दा मक्कर जितुमाया सुरी हाइड्रोपावर, शिव श्री हाइड्रोपावर र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाए । गुमाउनेमा बुद्धभूमि नेपाल हाइड्रोपावर, कृषि बैंक डिबेन्चर, समाज लघुवित्त वित्तीय संस्था, अप्पर हेवाखोला हाइड्रोपावर र पाँचथर पावर कम्पनीका लगानीकर्ताले गुमाए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार