आगामी आवको लागि काठमाडौं महानगरको बजेट २५ अर्ब ७० करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजारको अनुमानित बजेट तथा कार्यक्रम तयार गरेको छ। काठमाडौं महानगरको उपमेयर सुनिता डंगोलले आज (सोमबार) उक्त रकम बराबरको बजेट पेश गरेकी हुन्।

यस अन्तर्गत काठमाडौँ महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २४ अर्ब २० करोड ६३ लाख २५ हजार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी कूल १ अर्ब ५० करोड रहेकोे छ । स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमहरुका लागि १९ करोड ९ लाख बिनियोजन गरिएको छ। जुन कुल बजेटको ०.७९ प्रतिशत हुन आउँछ । कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रको लागि ३ अर्ब ४९ करोड ४५ लाख २९ हजार विनियोजन गरिएको छ, जुन कुल बजेटको १४.४४ प्रतिशत हुन्छ । पूर्वाधार विकास क्षेत्रको लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार बजेट विनियोजन गरिएको छ। जुन कुल बजेटको ६१.२० प्रतिशत हुन आउँछ । सामाजिक विकास क्षेत्रको लागि ३ अर्ब ८१ करोड ३६ लाख १५ हजार बजेट विनियोजन गरिएको छ। जुन कुल बजेटको १५.७५ प्रतिशत हुन आउँछ्र । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु १ अर्ब ८९ करोड २१ लाख ३० हजार बजेट बिनियोजन गरिएको छ, जुन कुल बजेटको ७.८२ प्रतिशत हुन आउँछ ।

आगामी आर्थिक वर्षको लागि सञ्चित कोषमा रकम रु २४ अर्ब २० करोड ६३ लाख २५ हजार आम्दानी हुने अनुमान गरिएको छ । जसमध्ये आन्तरिक स्रोतबाट १९ अर्ब १५ करोड ६६ लाख स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ भने नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदान तर्फ १ अर्ब ४५ करोड र प्रदेश सरकारबाट ४ करोड ४७ लाख रुपैँयाको श्रोत अनुमान गरिएको छ । त्यस्तै सङ्घीय राजश्व बाँडफाँटबाट १ अर्ब ९९ करोड २० लाख २५ हजार, प्रदेश राजश्व बाँडफाँटबाट ५५ करोड, स्थानीय राजश्व बाँडफाँटबाट १० करोड ५० लाख, नेपाल सरकार समानीकरण अनुदान ८० करोड, प्रदेश सरकार समानीकरण अनुदान १० करोड, आन्तरिक जनसहभागिता ८० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार