निर्जीवन बीमा कम्पनीको बीमा शुल्क वापत्वको आम्दानी ३६ अर्ब ३२ करोड पुग्यो, सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको आम्दानी

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको आम्दानी ०.३६ प्रतिशतले बढेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुरुप निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठसम्म  ३६ अर्ब ३२ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ०.३६ प्रतिशत अर्थात् १३ करोड ११ लाख रुपैयाँले बढी हो । निर्जीवन बीमाको गत आर्थिक वर्षको जेठसम्म ३६ अर्ब १९ करोड ८८ लाख रुपैयाँ आम्दानी रहेको थियो । बीमा कम्पनीहरुले उक्त रकम बीमा शुल्कवापत् उठाएको रकम हो ।

समीक्षा अवधिमा सबैभन्दा बीमा शुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, हिालयन एभरेष्ट इन्स्योरेन्स लगायतका कम्पनीहरु रहेका छन् । समीक्षा अवधिमा शिखर इन्स्योरेन्स कम्पनीले ४ अर्ब ८९ करोड ६६ लाख ८९ हजार रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ४ अर्ब २९ करोड ३७ लाख ६२ हजार रुपैयाँ, सिद्धार्थ प्रिसिमयर इन्स्योरेन्सले ३ अर्ब ६६ करोड ८५ लाख ९३ हजार रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३ अर्ब २३ करोड ५७ लाख ९६ हजार रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब २१ करोड ३३ लाख २१ हजार रुपैयाँ नेको इन्स्योरेन्सले २ अर्ब ८८ करोड ३७ लाख ८४ हजार रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ३८ करोड ७० लाख १२ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । समीक्षा अवधिमा एनएलजी इन्स्योरेन्सले २ अर्ब २६ करोड ९ लाख ४७ हजार रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले २ अर्ब २१ करोड ६८ लाख ९६ हजार रुपैयाँ, दि ओरियन्टल इन्स्योरेन्सले १ अर्ब ७५ करोड ५१ लाख ७६ हजार रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ५६ करोड ४७ लाख ४२ हजार रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५३ करोड १४ लाख ९१ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ४० करोड २२ लाख ३२ हजार रुपैयाँ र नेशनल इन्स्योरेन्सले १ अर्ब १ करोड ९५ लाख ४७ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै, गत आर्थिक वर्षको जेठसम्म शिखर इन्स्योरेन्स कम्पनीले ४ अर्ब ७६ करोड ८ लाख ३७ हजार रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ४ अर्ब ८ करोड ८६ लाख २५ हजार रुपैयाँ, सिद्धार्थ प्रिसिमयर इन्स्योरेन्सले ४ अर्ब १ करोड ७४ लाख ४७ हजार रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३ अर्ब ६२ करोड ३ लाख ८३ हजार रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब १ करोड ९९ लाख ८६ हजार रुपैयाँ नेको इन्स्योरेन्सले २ अर्ब ६६ करोड ९४ लाख ९८ हजार रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले ३ अर्ब १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । सोहि अवधिमा एनएलजी इन्स्योरेन्सले २ अर्ब १४ करोड ८३ लाख १५ हजार रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले २ अर्ब ४ करोड ८१ लाख ९४ हजार रुपैयाँ, दि ओरियन्टल इन्स्योरेन्सले १ अर्ब २४ करोड ८६ लाख ८४ हजार रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ४० करोड ७७ लाख ५४ हजार रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले २ अर्ब २६ करोड २३ लाख ७३ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ४१ करोड ३ लाख ४२ हजार रुपैयाँ र नेशनल इन्स्योरेन्सले ९० करोड ७५ लाख ८१ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । कम्पनीहरुले सवारी साधन, घरजग्गा, इन्जिनियरिङ, उडड्यान, कृषि र विविध बीमा लगायतका वस्तु तथा सामग्रीहमार्फत् बीमा शुल्क आर्जन गर्दै आएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार