सुनको मूल्य स्थिर

काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायीका अनुसार मंगलबार छापावाल सुन प्रति तोला १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रति तोला तीन सय रुपैयाँले बढेको छ।

तेजाबी सुन प्रति तोला १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य प्रति तोलामा ५ रुपैयाँ घटेको छ। सोमबार १ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार ८१५ रुपैयाँमा झरेको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार