संसदको समग्र गतिविधि जनताले सजिलै हेर्न पाउने गरी वेबसाइटमा राखियोस्ः सांसद महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका सांसद महेशकुमार बर्तौला संसदको समग्र गतिविधि जनताले सजिलै हेर्न पाउने गरी वेबसाइट राख्न माग गरेका छन् । बर्तौलाले मंगलबारको संसदमा यस्तो माग गरेका हुन्।

नेपालको संसदिय इतिहास २०१५ मा सुरु भएको हो।

‘२०१५ देखि संसदका विभिन्न गतिविधिहरुको आन्तरिक अभिलेख छ। तर पब्लिक डोमेनमा आएको छैन। अहिलेसम्म संसदका विभिन्न अभिलेख सजिलै जनतासँग पुर्याउन सकिएको छैन,’ बर्तौलाले भने ।

संसदका समग्र गतिविधिहरुलाई वेबसाइट मार्फत सजिलै हेर्न सकिने गरी पब्लिक डोमेनमा ल्याउन उनले माग गरे। २००८ देखि राजपत्र खोज्यौं भने भेट्न सक्छौं। कानुन पत्रिका २०१३ सालदेखि खोज्दा भेट्न सक्छौं। देशभरी फौजदारी मुद्दा कहाँ कसो छ भनेर सर्वोच्चको वेबसाइट हेर्ने हो भने सजिलै भेट्न सक्छौं। मन्त्रिपरिषद्का निर्णयहरु पनि समरीका रुपमा त्यसका वेबसाइटमा भेट्न सक्छौं।

तर संसदका समग्र गतिविधिहरुलाई व्यवस्थित ढंगबाट अध्ययन गर्न पाउने अवस्था नरहेकाले यसलाई व्यवस्थित गर्नु पर्ने उनको भनाई छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार