सेबोन अध्यक्ष नियुक्ती प्रकरणः कानुनी व्यवस्था अनुसार गर्न महान्यायाधिवक्ता कार्यालयको सुझाव

काठमाडौं । पछिल्लो समय विवादको भुमरीमा फसेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका सम्बन्धमा महान्याधिवक्ता कार्यालयले दुई जनाको मात्र नाम सिफारिस गर्न नमिल्ने राय दिएको छ । सो प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले बोर्ड अध्यक्ष नियुक्तिका लागि दुई जनाको नाम सिफारिस गर्न नमिल्ने राय दिएको हो।

सेबोन अध्यक्षका लागि अन्तिम पाँच जनाको सूचीमा परेका मध्ये दुई जना मात्र अन्तवार्ता तथा प्रस्तुतीकरणमा उपस्थित भएपछि अर्थमन्त्रालयले अब कसरी अघि बढ्ने सम्बन्धमा महान्यायाधिवक्ता कार्यालयसँग राय माग गरेको थियो। तर महान्यायाधिवक्ता कार्यालयले कानुनमा उल्लेख भए अनुसार गर्नु भन्ने राय दिएको स्रोतले जानकारी दिएको छ।

‘कानूनमै प्रष्टसँग योग्यता पुगेका कम्तिमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था उल्लेख छ, सोही अनुसार दुई जनाको नाम सिफारिस नगर्नु भनेर राय दिईएको छ’, स्रोतले भन्यो।

दुई जनाको नाम सिफारिस गर्न नमिल्ने भनेको र बाँकी विषय भने छनौट समितिले नै निर्णय गर्न उपयुक्त हुने राय पनि महान्यायाधिवक्ता कार्यालयले दिएको छ ।
सेटिङमा कुनै उम्मेदवारलाई अध्यक्ष बनाउन खोजिएको सामाचारहरु सार्वजनिक भएपछि पाँच मध्ये ३ जना प्रतिस्पर्धीले अन्तरवार्ता तथा प्रस्तुतीकरण बहिष्कार गरेका थिए ।

सर्टष्टिमा परेका पाँचमध्ये सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्र अन्तरवार्तामा सहभागि थिए। डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्ण बहादुर कार्कीले अन्तरवार्ता बहिष्कार गरेका थिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार