कोपा अमेरिकामा क्यानडाको पहिलो जित

कोपा अमेरिका २०२४ मा क्यानडाले  पेरुलाई १-० ले पराजित गरेको छ ।पहिलो पटक कोपा अमेरिका फुटबलमा सहभागी भएको क्यानडाको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा क्यानडा साविक विजेता अर्जेन्टिनासँग पराजित भएको थियो । कान्सास सिटीमा भएको खेलमा क्यानडालाई जित दिलाउन जोनाथन डेभिडले ७४औं मिनेटमा एक गोल गरे ।

त्यसअघि ५९औं मिनेटमा मिगुएल अराउजोले रातो कार्ड पाउँदा पेरु दश खेलाडीमा समेटिएको थियो ।जितपछि क्यानडा दुई खेलबाट ३ अंक जोड्दै समूह ए को दोस्रो स्थानमा छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार