यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको जेठ ३१ गते सम्पन्न विशेष साधारणसभाले  पारित गरेको हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रक्रिया अगाडि बढाएको छ ।

हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलसँग असार ११ गते सम्झौता गरेको छ ।

सम्झौतामा यूनाइटेड अजोड इन्स्योरेन्सको तर्फबाट  कम्पनीका प्रमुख कार्यकारी अधिकृत  श्रवण रावल तथा  लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत  विजय लाल श्रेष्ठले हस्तारक्षर गरेका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार