११.६० अंकले घटेको सेयर बजारमा कारोबार रकम खुम्चियो

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार ०.५६ प्रतिशतले घटेको छ । बुधबार नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ६०.१६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.२७ अंकले घटेर ३ सय ६२.७४ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार नेप्से परिसूचक ५.६० अंकले बढेर २ हजार ७१.७७ विन्दुमा पुगेर बन्द भएको थियो ।

दोहोरो अंकले घटेको बुधबारको सेयर बजारमा ५७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ सय ८६ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । बुधबार ३ सय ५ वटा कम्पनीको ८७ लाख २७ हजार १ सय ६४ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने ४ अर्ब ५ करोड ८० लाख ४७ हजार रुपैयाँमा सिमिति भएको छ । मंगलबारको तुलनामा बुधबार करोबार रकममा १२ करोड ९७ लाख ४९ हजार रुपैयाँले कमी आएको छ । मंगलबार ३ सय १९ वटा कम्पनीको ९४ लाख ३५ हजार ४ सय ५४ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार रुपैयाँ पुगेको थियो ।

बुधबार बजार पूँजीकरण रकम भने ३२ खर्ब ६६ अर्ब ८१ करोड ३१ लाख रुपैयाँ रह्यो । बुधबारसबैभन्दा बढी कारोबार हुनेमा नेपाल फाइनान्स, गुडवील फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेड, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था र पोखरा फाइनान्स रह्यो । नेपाल फाइनान्सको १६ करोड ४६ लाख रुपैयाँ, गुडवील फाइनान्सको १५ करोड १६ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेडको १३ करोड ३३ लाख रुपैयाँ, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाको ८ करोड ८२ लाख रुपैयाँ र पोखरा फाइनान्सको ८ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार