राष्ट्र बैंकले भन्यो-कर्णाली प्रदेशको कुल र्गाहस्थ उत्पादन १४ अर्ब ८५ करोडले बढ्न सक्छ

काठमाडौं । कर्णाली प्रदेशको कुल र्गाहस्थ उत्पादन (प्रचलित मूल्यमा २ खर्ब ४३ अर्ब ९९ करोड पुग्ने आंकलन गरिएको छ । राष्ट्र बैंकले गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन कर्णाली प्रदेशको अर्ध वार्षिक प्रतिवेदन अनुरुप कर्णाली प्रदेशको कुल र्गाहस्थ उत्पादन जीडीपी (प्रचलित मूल्यमा) गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा १४ अर्ब ८५ करोड रुपैयाँले बढ्ने आंकलन गरिएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षकोे तुलनामा चालु आर्थिक वर्षमा कर्णाली प्रदेशको कुल र्गाहस्थ उत्पादन (जीडीपी) १४ अर्ब ८५ करोड रुपैयाँले वृद्धि हुनेछ । गत आर्थिक वर्ष २०७९÷८० मा कर्णालीको जीडीपी २ खर्ब २९ अर्ब १४ करोड रुपैयाँ अनुमान गरिएको थियो । प्रतिवेदन तयार गर्ने क्रममा कर्णाली प्रदेशका १० जिल्लाहरुमध्ये ९ जिल्लाहरु रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेतको स्थलगत र हुम्ला जिल्लाको गैरस्थलगत अध्ययन गरिएको थियो ।

त्यस्तै, चालु आर्थिक वर्ष २०८०÷८१ मा यस प्रदेशको आर्थिक वृद्धिदर (उत्पादकको मूल्यमा) ३.३९ प्रतिशत रहने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा आर्थिक वृद्धिदर १.९६ प्रतिशत रहने संशोधित अनुमान रहेको थियो । राष्ट्रिय अर्थतन्त्रमा कर्णाली प्रदेशमा क्षेत्रगत रुपमा हेर्दा चालु आर्थिक वर्ष २०८०÷८१ का लागि कुल मूल्य अभिवृद्धिदर सबैभन्दा बढी आवास तथा भोजन सेवा क्षेत्रको २२.५२ प्रतिशत र सबैभन्दा कम निर्माण क्षेत्रको १.०२ प्रतिशतले ऋणात्मक हुने प्रारम्भिक अनुमान गरेको छ ।
आर्थिक वर्ष २०८० ÷ ८१ मा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २९.५१ प्रतिशत, ९.७० प्रतिशत र ६०.७९ प्रतिशत रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान २९.५१ प्रतिशत कृषि, वन तथा मत्स्य क्षेत्रको रहने प्रारम्भिक अनुमान छ भने सबैभन्दा कम योगदान ०.१७ प्रतिशत प्रशासनिक तथा सहयोग सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ । थोक तथा खुद्रा व्यापर, गाडी तथा मोटर साइकल मर्मत सेवाको हिस्सा ५.४९ प्रतिशत, वित्तीय तथा बीमा क्रियाकलापको हिस्सा १.७९ प्रतिशत, सूचना तथा सञ्चारको हिस्सा १.२९ प्रतिशत, यातायात तथा भण्डारणको हिस्सा २.६९ प्रतिशत आवास तथा भोजन सेवाको हिस्सा ३.१८ प्रतिशत तथा उत्पादनमुलक उद्योगको हिस्सा ०.९९ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८० ÷ ८१ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको योगदान ४.२८ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष २०७९÷८० मा पनि यस्तो योगदान ४.२८ प्रतिशत नै रहने संशोधित अनुमान रहेको छ । आर्थिक वर्ष २०८०÷८१ मा देशको समग्र कृषि, उद्योग र सेवा क्षेत्रमा कर्णाली प्रदेशको हिस्सा क्रमशः ५.२४ प्रतिशत, ३.१९ प्रतिशत र ४.१३ प्रतिशत रहने अनुमान छ ।

त्यस्तै, कर्णाली प्रदेशको समष्टिगत आर्थिक स्थिति भने राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८० ÷ ८१ मा कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा ३.८७ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ भने आधारभूत मूल्यमा ३.५४ प्रतिशतले वृद्धि हुने अनुमान छ । त्यसैगरी, गत आर्थिक वर्ष २०७९ ÷ ८० मा कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा र आधारभूत मूल्यमा क्रमशः १.९५ प्रतिशत र २.३१ प्रतिशतले वृद्धि हुने संशोधित अनुमान रहेको छ । विश्लेषण तथा नीति तर्जुमाका लागि सूचना एवम् तथ्याङ्कको दायरा विस्तार गर्न राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले जारी गरेको आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन २०७६ (संसोधन सहित) अनुसार नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयद्वारा कर्णाली प्रदेशको आर्थिक वर्ष २०८० ÷ ८१ को अर्ध वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयार गरिएको हो ।

प्रदेशका १० जिल्लाहरुमध्ये रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, जाजरकोट, दैलेख तथा सुर्खेतबाट स्थलगत र हुम्लाबाट गैरस्थलगत रुपमा कृषि, उद्योग, सेवा, पूर्वाधार विकास लगायतका अर्थतन्त्रका प्रमुख क्षेत्रहरुको आर्थिक वर्ष २०८०÷८१ को अर्ध वार्षिक जिल्लागत तथ्याङ्क संकलन तथा प्रशोधन गरी विश्लेषण गरिएको राष्ट्र बैंकले बताएको छ । आर्थिक गतिविधिको विश्लेषण गर्नका लागि द्वितीय तथ्याङ्कहरु समेत प्रयोग गरी विभिन्न क्षेत्रहरका चरहरुको प्रवृत्ति विश्लेषण गरिएको छ । प्रतिवेदनमा सरोकारवाला निकाय÷ व्यक्ति तथा विषय विज्ञसँगको अन्तरक्रिया, छलफल एवम् सर्वेक्षणकर्ताको विश्लेषण समेतका आधारमा पहिचान भएका क्षेत्रगत चुनौती, सम्भावना तथा परिदृश्य समेत चित्रण गरिएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार