एसइईको नतिजा सार्बजनिक २ लाख ४२ हजारको एनजी

भक्तपुर सानोठिमि । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्बजनिक भएको छ । सार्बजनिक भएको नतिजा अनुसार २,४२,०९२ विद्यार्थीको नतिजा एनजी आएको छ यो ४७.८६ प्रतिशत हो अर्थात् यीनीहरुले कक्षा ११ मा पढ्न पाउने छन् ।  भने  ५२.१४ प्रतिशत  नन् ग्रेडेड भएका छन् । दुई सय २१ जनाको परीक्षा रद्द भएको परीक्षा बोर्डले जनाएको छ ।

यसपालीको एसईई परिक्षामा १८६ जना परिक्षार्थीले ४ जिपिए प्राप्त गरेका छन् भने २२१ जना को परिक्षा रद्द भएको छ ।

गत चैत १५ देखि २७ गतेसम्म भएको एसइई परीक्षामा देशभरका पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ  । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

नयाँ ब्यबस्था अनुसार विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनु पर्ने ब्याबस्था गरेको थियो । ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अङ्क ल्याउनुपर्नेथियो  । त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क ल्याउनुपर्ने व्यवस्था रहेको थियो  ।

नतिजाको नतिजाफल परीक्षा बोर्डको वेभसाईट http://www.neb.gov.np  तथा नेपाल टेलिकमको वेभसाईट https://see.ntc.net.np बाट विद्यार्थीले नतिजा थाहा पाउन सक्ने छन् ।साथै  बोर्डबाट अन्य निजी कम्पनीहरुलाई पनि नतिजा प्रकाशनको अनुमति लिएका छन् ।

नतिजा यसरी हेर्न सकिन्छ 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार