आज पनि घटेर बन्द भयो शेयरबजार

Garima_Business-Loan3

काठमाडौं । आज नेप्सेमा ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार ८ सय २४ दशमलब ५४ को कारोबार भएको छ ।  नेप्सेमा ८.२४ अंकको गिरावट सँगै २ हजार ५१  दशमलब ९२ कायम भएको छ । आज कारोबारमा आएका कम्पनीमा ४७ कम्पनीले कमाए भने १८८ कम्पनीले गुमाएका छन् ।

धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताहरु ऋणपत्रतर्फ आकर्षित भएको देखिएको छ । यस दिन १० शिर्ष धितोपत्रको कारोमार नौ ओटा ऋणपत्र मात्र छन् ।आज महालक्ष्मी विकास बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक लगायतका बैंकहरुको ऋणपत्रको मुल्य उच्च दरमा बढेको छ।

आज सबैभन्दा धेरै त्रिशुली जलविद्युतका लगानीकर्ताले कमाएका छन् । आज यसकम्पनीका लगानीकर्ताले ७ दशलमव ०९ प्रतिशतका दरले कमाएका हुन् । महालक्ष्मी डिबेञ्चरका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् । एग्रिकल्चर डेभलपमेन्ट बैंक डिबेञ्चरका इकाईधनीले ५ दशलमव ७७ प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोला जलविद्युतका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज नेपाल फाइनान्सको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यसैगरी,शिवश्री हाइड्रोपावर कम्पनीको शेयरमूल्य ७.८१ प्रतिशतले घटेको छ ।त्यस्तै साधना लघुवित्त वित्तीय संस्थाको शेयर मुल्य ६.८१ प्रतिशतले घटेको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार