सिटिजन्स बैंकका ग्राहकले टेस्ला डायग्नोस्टिक क्लिनिकमा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले टेस्ला डायग्नोस्टिक क्लिनिक  बालुवाटारमा विशेष छुट पाउने भएका छन् ।

समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले टेस्ला डायग्नोस्टिक क्लिनिकमा १०% सम्मको छुट पाउनेछन् । यो सहकार्यले बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबार डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकले विश्वास लिएको जनाएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी १९३ वटा शाखा, १५६ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ५९ हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार