CLI

सानिमा बैंकको संस्थापक शेयर बिक्रीमा सर्वसाधारणले पनि खरिद गर्न पाउने

काठमाडौं ।सानिमा बैंकको ४९ हजार ५० कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ  ।

कम्पनीले संस्थापक शेयर खरिदको लागि पहिलो प्राथमिकतामा विद्यमान संस्थापक शेयरधनी रहने कानुन ब्याबस्था भएका कारण बिध्यमान संस्थापक शेयरधनीलाई शेयर खरिदको लागि ३५ दिने सुचना प्रकाशित गरेर आबेदन माग गरेकोमा सो समयमा कुनैपनि संस्थापक शेयरधनि मध्येबाट कुनै पनि आवेदन नआएकाले सर्वसाधारणका लागि बिक्री गर्न सुचना प्रकाशित गरेको छ । कम्पनीको उक्त शेयर खरिदका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने बताएको छ  ।

उक्त शेयर आम सर्वसाधारण, कम्पनी तथा संघ संस्थाहरुले खरिद गर्न सक्ने बताएको छ । शेयर खरिद गर्न इच्छुक ब्यक्ति,कम्पनी, तथा संघ संस्थाले आजदेखि  १५ दिनभित्र कम्पनीको नक्सालस्थित केन्द्रीय कार्यालयमा आवेदन दिन भनेको छ  ।

आवेदकले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरिदका लागि तोकेको मापदण्ड,फिट एण्ड प्रोपर टेष्ट तथा प्रचलित कानूनी व्यवस्थाअनुसार प्रमाणित हुन आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर संख्या तथा मुल्य खुलाई आवेदन दिनु पर्नेछ ।

Leave Your Comment

Related News