सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौं । आज सुनको मूल्य बढेको छ। छापावाल सुन प्रति एक हजार रुपैयाँले बढेर १ लाख ४१ हजार ८०० रुपैयाँ पुगेको छ। बिहीबार छापावाल सुन प्रति तोला १ लाख ४० हजार ८०० रुपैयाँमा करोबार भएको थियो।

यस्तै शुक्रबार तेजाबी सुन प्रति तोला १ लाख ४१ हजार १०० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रति तोला १ हजार ७९० रुपैयाँमा करोबार भइरहेको छ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार