शेयरधनीलाई लाभांश रकम लिन सानिमा हाइड्रोपावरको अनुरोध

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई लाभांश रकम लिन अनुरोध गरेको छ । विभिन्न साधारण सभाहरूबाट पारित लाभांश रकम नलिएका शेयरधनीहरूलाई कम्पनीले यथाशीघ्र लाभांश रकम लिन अनुरोध गरेको हो ।

सम्बन्धित शेयरधनीहरूले काठमाडौंको नक्सालस्थित कम्पनीको शेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश रकम लिन सक्नेछन् ।

कम्पनीले हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीलाई शेयर अभौतिकीकरण गराउन र हितग्राही खाता नखोलेका शेयरधनीहरूलाई खाता खोली बैंक खाता नम्बर अद्यावधिक गराउन पनि आग्रह गरेको छ ।

तोकिएको म्यादभित्र शेयरधनीहरूले लाभांश नबुझेमा सम्बन्धित शेयरधनीको लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार