साताको सेयर : नेप्से नकारात्मक हुदाँ पनि कारोबार रकम बढ्यो, बजार पूँजीकरण रकम घट्यो

काठमाडौं । ४० प्रतिशतले धनात्मक र ६० प्रतिशत ऋणत्मक रहेको यो साताको सेयर बजारमा नेप्से परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । गत साताको तुलनामा यो साता नेप्से परिसूचक १६.२९ अंकले घटेको छ । गत साता २०६८.३१ अंकमा बन्द भएको नेप्से परिसूचक यो साता २०५१.९२ अंकमा बन्द भएको थियो । क वर्गको कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.८७ अंकले घटेको छ । गत साता ३६५.०५ अंकमा पुगेर बन्द भएको सेन्सेटिभ इन्डेक्स यो साता ३६१.१८ अंकमा पुगेर बन्द भएको हो ।
नेप्से परिसूचक र सेन्सेटिभ इन्डेक्स यो साता ऋणत्मक रहँदा कारोबार रकम भने ४ अर्ब ६१ करोड ४ लाख रुपैयाँले बढेको छ । गत साता १६ अर्ब ८० करोड २९ लाख रुपैयाँ कारोबार हुदाँ यो साता भने २१ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ कारोबार भएको हो । सेयर कारोबार कित्ता भने अघिल्लो साताको तुलनामा यो साता १ करोड ५१ लाख ७१ हजार ३ सय ३४ कित्ताले बढेको छ । गत साता ३ करोड २१ लाख ६२ हजार ७४ कित्ता सेयर कारोबार हुदाँ यो साता ४ करोड ७३ लाख ३३ हजार ४ सय १८ कित्ता सेयर कारोबार भएको हो । गत साताको तुलनमा यो साता बजार पूँजीकरण रकम २५ अर्ब ९९ करोड २१ लाख रुपैयाँले घटेको छ । गत साता ३२ खर्ब ७९ अर्ब ७३ करोड ६८ लाख रुपैयाँ कारोबार हुदाँ यो साता ३२ खर्ब ५३ अर्ब ७४ करोड ४७ लाख रुपैयाँ करोबार भएको हो ।

समूह सूचकलाई विश्लेषण गर्दा यो साता धेरै समूह सूचकहरु ऋणत्मक अर्थात् घटेका छन् । गत साताको तुलनमा यो साता ५ वटा समूह सूचक बढ्दा बाँकी ८ वटा समूह सूचक घटेको छ । गत साताको तुलनामा यो साता विकास बैंक १२, वित्त ८२.५१, जलविद्युत ६.७५, म्युअुचल फण्ड ०.१५ र अन्य १०.०३ अंकले बढेको हो । गत साताको तुलनमा यो साता बैकिङ १९.७, होटल र पर्यटन ५३.२८, लगानी ०.२४, जीवन बीमा १७८.२८, उत्पादन र प्रशोधन १०५.०७, लघुवित्त ४५.१९, निर्जीवन बीमा १५३.५३ र व्यापार ३२.४८ अंकले घटेको हो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार