लालिगुराँस सहकारीका प्रमुख अधिकृत सुरेन्द्र भण्डारी पक्राउ

काठमाडौं । वचतकर्ताको रकम अपचलनको आरोप लागेको ललितपुर पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ परेका छन् ।

उनलाई शुक्रबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको विशालनगरबाट पक्राउ गरेको थियो ।

बचतकर्ताको रकमबाट सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले विभिन्न निजी कम्पनी र घरजग्गामा लगानी गरी रकम दुरुपयोग गरेका थिए ।

भण्डारीलगायत सञ्चालकले बचतकर्ताको बचत दुरुपयोग गरी लालीगुराँस हस्पिटल, लालीगुराँस राष्ट्रिय उच्च मावि तथा कलेज, जय लालीगुराँस इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ कम्पनी, भैरवकुन्ड हाइड्रोपावर, लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर, लालीगुराँस डेरी प्रोसेसिङ उद्योग, लालीगुराँस एजुकेसन फाउन्डेसन, लालीगुराँस जनस्वास्थ्य कोअपरेटिभ लगायतमा सहकारीको रकम लगानी गरेका छन् ।

गत कात्तिक मसान्तसम्मको विवरण अनुसारको यो सहकारीको शेयर पूँजी ५७ करोड ५३ लाख ५७ हजार छ । निक्षेप दायित्व ५ अर्ब ९१ करोड ३७ लाख ७१ हजार रूपैयाँ छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार