मनकामना प्राप्ति पश्चयात समताले २४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने

काठमाडौं ।  समता लघुवित्त वित्तीय संस्थाले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड प्राप्ति सँगै एकीकृत कारोबार गर्ने भएको छ । एकीकृत कारोबार २४ गते सोमबार देखि सुरु गर्ने छन् भने यसका लागि २३ गते आइतबार वित्तीय कारोबार पूर्ण रुपमा बन्द हुने कनकामना संस्थाका कम्पनी सचिव कुलमणि ज्ञवालीले जानकारी दिएका छन् । असार २४ गतेदेखि दुबै कम्पनीको एकीकृत कारोबार हुने भएकाले डाटा माइग्रेसन कार्यको लागि असार २३ गतेका दिन दुबै कम्पनीका आ-आफ्ना कार्यालयहरुबाट प्रदान गर्दै गरिने सम्पूर्ण बैकिङ्ग कारोबार भने बन्द रहने छ ,लघुवित्तले भनेको छ ।

समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई एकआपसमा गाभिने सम्झौतामा गत भदौ ७ गते हस्ताक्षर भएको थियो । सम्झौताका बखत समता घरेलु लघुवित्तको चुक्तापूँजी ३९ करोड ४१ लाख रुपैयाँ रहेको छ भने मनकामना स्मार्ट लघुवित्तको चुक्तापूँजी १४ करोड ८४ लाख रुपैयाँ छ । ती दुवै कम्पनीलाई नेपाल राष्ट्र बैंकले जेठ २९ गते र नेपाल धितोपत्र बोर्डले असार ९ गते प्राप्ति (एक्विजिशन) सम्बन्धी अन्तिम स्वीकृति दिएको थियो ।

दुवै कम्पनी बीच भएको आपसी सहमति बमोजिम लक्षित संस्था मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व प्राप्ति पश्चात् प्राप्त गर्ने संस्था समता घरेलु लघुवित्त वित्तीय संस्थाले सकार्ने र व्यहोर्ने छ । प्राप्तिपछि कम्पनीको रजिष्टर्ड कार्यालय बनेपा नगरपालिका- ७, काभ्रेपलाञ्चोकमा रहने छ । समताले मनकामना लघुवित्त प्राप्तिको लागि नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत अनुमति प्राप्त गरिसकेको थियो ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार