CLI

नक्कली भुटानी शरणार्थी प्रकरण : बादलका छोरापछि बेचन झा पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झालाई प्रहरीले पक्राउ गरेको छ। अहिले उनी जिल्ला प्रहरी परिसर काठमाडौँको नियन्त्रणमा रहेको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार झालाई प्रहरीले शुक्रबार राति नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको हो। यसअघि प्रहरीले झाको वतनको पूरा विवरण नखुलेको भन्दै खुलेका बखत पुन अनुसन्धान गर्नेगरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

एकजना पीडितले झालाई २ करोडको चेक दिएको खुलेको थियो । आफू पक्राउ परेपछि टोखा नगरपालिका ६ धापासीका रामशरण केसीले झालाई २ करोडको चेक दिएको बयान दिएका थिए ।

सोही प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका थापाका छोरालाई प्रहरीले शुक्रबार साँझ काठमाडौँको बौद्धबाट पक्राउ गरेको थियो। भुटानी शरणार्थी प्रकरणका एक अभियुक्त प्रतीक लामो समयदेखि फरार थिए।

Leave Your Comment

Related News