सुर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन पाउने गरी आवेदन खुला गरेको हो ।

सेयरको न्यूनतम मूल्य १६२ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली – ११, काठमाडौंमा आवेदन दिन सक्ने छन् ।

विद्यमान संस्थापक शेयरधनीले ३५ दिन भित्र आवेदन दिन सक्ने छन् ।  लगानीकर्ताहरुले एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय ट्रेड टावर नेपाल, थापाथली, काठमाण्डौ शाखा कार्यालयहरुः क्रमश विराटनगर–३, मोरङ्ग, आदर्शनगर, वीरगंज, महेन्द्रपुल, पोखरा, श्रवणपथ, बुटवल, हस्पिटल लाइन, धनगढी र विरेन्द्रनगर, सुर्खेतबाट आवेदन दिन सक्ने छन् ।

शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम पाँच हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम माथि उल्लेखित सम्पूर्ण शेयर संख्याको लागि आवेदन दिन सकिनेछ । सबैभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकलाई शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार