एनसेलको मनसुन केन्द्रित र्‍यापिड रेस्पोन्स टिमको काम सुरु

काठमाडौं । विपद् पूर्वतयारी र प्रतिकार्यको लागि एनसेलले गठन गरेको र्यापिड रेस्पोन्स टोली (आरआरटी)ले काम थालेको छ ।
हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे पनि छोटो समयमा सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले यो टोली परिचालन गरिएको हो ।

मनसुनजन्य प्रकोपहरुका कारण दूरसञ्चार सेवामा हुने सक्ने अवरोधलाई सम्बोधन गर्दै ग्राहकलाई सधैं अन राखी सम्पर्कमा रही रहन सहयोग गर्ने उद्देश्यले एनसेलले प्रत्येक जिल्लामा आरआरटी गठन गरेको छ ।

हावाहुरी र भारी वर्षाले असार १२ गते बुधबार कोसी, मधेस र गण्डकी प्रदेशका १५ भन्दाबढि जिल्लाका ११६ मोबाइल टावरमा असर गरेपनि यो टिमीले तत्कालै काम गरेकाले ४ घण्टा ३० मिनेटभित्रमा ७० प्रतिशत भन्दा बढि टावरहरुलाई पुनः संचालनमा ल्याइएको थियो । हावाहुरी र भारी वर्षाका प्रभावका कारण उक्त दिन सडक अवरुद्ध हुनुका साथै अप्टिकल फाइभर ब्रेक भएको, रुखहरु र नेपाल विद्युत प्राधिकरणको खम्बा ढलेर विद्युत आपुर्तिमा समेत असर परेको थियो ।

आरआरटीलाई विशेष गरि आपतकालिन अवस्था सम्हाल्दै अवरुद्ध हुने सेवा तत्कालै सुचारु गर्ने बिषयमा तालिम दिइएको छ । वर्षायाममा बाढी र पहिरोको प्रकोपका कारण प्रभावित हुन सक्ने सेवाहरूको द्रुतगतिमा पुनः संचालन र निरन्तरता सुनिश्चित गर्ने उद्देश्यले आरआरटीहरु गठन गरिएको हो ।

यसैगरी एनसेलले विपद् पुर्वतयारी स्वरुप नियमित अवस्थाको तुलनामा फिल्डमा खट्ने आफ्नो जनशक्ति १० प्रतिशतले बढाएको छ । विपद्का कारण सडक अवरोध नभएको अवस्थामा सेवा प्रभावित क्षेत्रमा ४ देखि ६ घण्टाभित्र सेवा सुचारु गर्न एनसेलले प्रतिबद्धता जनाएको छ ।

विपद्को समयमा विद्युत आपूर्ति अवरुद्ध हुने कुरालाई मध्यनजर गरि एनसेलले आफ्ना टावरहरूमा ब्याट्री ब्याकअप र फ्युल स्टकको व्यवस्था गरेको छ । विद्युतको आपूर्तिमा समस्या आएमा ब्याट्रीहरूले ४ देखि ६ घण्टासम्म टावरहरू सञ्चालन गर्न मद्दत गर्दछ ।

एनसेलले विपद्का बेलामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउन डिजेल जेनेरेटर र सेल अन ह्वील पनि तयार गरेको छ । त्यसैगरी धेरै सेवाग्राही भएका ठाउँहरु र बाढीले असर गर्नसक्ने ठाउँहरुलाई लक्षित गरि एनसेलले आवश्यक तयारीहरु गरेको छ ।

जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा एनसेलले बाढी र पहिरोको सम्भावित जोखिमका बारेमा एसएमएस अलर्टमार्फत पूर्व जानकारी प्रदान गर्दै आएको छ । गत वर्ष मात्र एनसेलले मानब जीवन र सम्पत्तिको सुरक्षामा उल्लेखनीय योगदान पु¥याउँदै १ करोडभन्दा बढी यस्ता एसएमएस अलर्टहरू पठाएको थियो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार