सरकारको आम्दानीको स्रोत बन्दै विदेशी लगानी, मासिक करोडौं राजस्व संकलन

काठमाडौं । विदेशी लगानी आएवापत् त्यसबाट प्राप्त हुने राजस्व राम्रो रहेको पाइन्छ । विदेशी लगानी भित्रिए पश्चयात उठ्ने राजस्व मासिक रुपमा अर्ब माथि रहेको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा विदेशी लगानीकर्ताले रोयल्टीबापत सरकारलाई २ अर्ब ५४ करोड ३४ लाख ५९ हजार रुपैयाँ बुझाएका छन् । जेठमा मात्रै सरकारले ५४ करोड ८४ लाख ६४ हजार रुपैयाँ रोयल्टी संकलन गरेको छ । गत आर्थिक वर्षको ११ महिनामा २ अर्ब ३२ करोड ८ लाख १२ हजार रुपैयाँ रोयल्टी संकलन गरेको थियो ।विभागले चालु आर्थिक वर्षको १० महिनामा भने १ अर्ब ९९ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । वैशाखमा मात्र २९ करोड ३० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

विभागले प्रत्येक महिना करिब २ करोड रुपैयाँ देखि ३० करोड रुपैयाँबरारबर रोयल्टी संकलन गर्दै आएको छ । उक्त राजस्व रकम भने नेपाली रकम मात्र भएको र विदेशी मुद्रामा पनि प्रशस्त राजस्व संकलन भएको विभागका निर्देशक शंकर सिंह धामीले जानकारी दिए । ११ महिनाको अवधिमा १ करोड ८ लाख अमेरिकी डलर (१ अर्ब ४३ करोड करिब नेपाली रुपैयाँ) राजस्व संकलन गरेको छ । राजस्व संकलन भने उद्योग दर्ता देखि लिएर उद्योग तथा व्यवसाय सञ्चालन गर्दा समेत प्राप्ति भइरहेको हुन्छ ।

त्यस्तै, विभागले लाभांश वितरण रोयल्टी संकलनका साथै उद्योगको सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) लगायतका कामहरू गरेको छ । निर्देशक धामीका साउनदेखि जेठ सम्म विदेशी लगानीकर्ताले ५२ वटा उद्योगको लागि ९ अर्ब ५१ करोड ४५ लाख ६८ हजार रुपैयाँबराबरको सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) गरेका छन् । यस्तै ५६ वटा उद्योगका लागि प्रविधि हस्तान्तरण सम्झौता (टीटीए) भएको छ । जेठमा मात्र ९ वटा उद्योगका लागि सात ४६ करोड १० लाख रुपैयाँबराबरको एसपए र एसएसए सम्झौता गरिएको छ ।
त्यस्तै, नेपालको उद्योग तथा व्यवसाय क्षेत्रमा आउने लगानी र लगानी पश्चयात लैजाने मुनाफा अर्थात् लाभांश रकम बढ्दै गएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा विदेशी लगानीकर्ताले नेपालमा लगानी गरी ९ अर्ब ९७ करोड २८ लाख ९५ हजार रुपैयाँ लाभांश लगेका छन् । मासिक रुपमा करोडौं लगानी लैजादाँ लाभांश रकम धेरै देखिएको हो । उनीहरुले चालु आर्थिक वर्षको जेठ महिनामा मात्र ६८ करोड २३ लाख ७१ हजार रुपैयाँ लाभांश लगेका छन् । गत आर्थिक वर्षको सोहि अवधिमा १३ अर्ब ८२ करोड ५५ लाख ३० हजार रुपैयाँ लाभांश विदेशी लगानीकर्ताले लगेका छन् । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिलाई तुलना गर्दा भने लाभांश रकम वितरणमा कमी आएको निर्देशक धामीले इक्विटी नेपाललाई जानकारी दिए । वैशाखमा २४ करोड १७ लाख ७१ हजार रुपैयाँ, चैतमा ३ करोड ३ लाख ४ हजार रुपैयाँ र फागुनमा ५१ करोड १८ लाख ३९ हजार रुपैयाँ लाभाशं वितरण गरिएको विभागले जनाएको छ ।

चालु आर्थिक वर्षको साउनमा २० करोड ३० लाख रुपैयाँ, भदौमा चार करोड ७६ लाख रुपैयाँ, असोजमा एक करोड १४ लाख रुपैयाँ कात्तिकमा एक अर्ब नौ करोड ८१ लाख रुपैयाँ, मंसिरमा ३० करोड ५७ लाख रुपैयाँ लाभांश विदेशी लगानीकर्ताले लगेका छन् । यस्तै पुसमा आठ करोड ७३ लाख रुपैयाँ, माघमा ४६ लाख रुपैयाँ, फागुनमा ५१ करोड १८ लाख रुपैयाँ र चैतमा तीन करोड तीन लाख रुपैयाँ लाभांश बाहिरिएको छ । यस आर्थिक वर्षको साउनमा २० करोड ३० लाख रुपैयाँ, भदौमा ४ करोड ७६ लाख रुपैयाँ, असोजमा १ करोड १४ लाख रुपैयाँ कात्तिकमा १ अर्ब ९ करोड ८१ लाख रुपैयाँ, मंसिरमा ३० करोड ५७ लाख रुपैयाँ लाभांश विदेशी लगानीकर्ताले लगेका छन् । यस्तै पुसमा ८ करोड ७३ लाख रुपैयाँ, माघमा ४६ लाख रुपैयाँ, फागुनमा ५१ करोड १८ लाख रुपैयाँ र चैतमा ३ करोड ३ लाख रुपैयाँ लाभांश बाहिरिएको छ । लाभांश वितरण सहज र सरल भएको हुँदा यसले विदेशी लगानी आउनलाई समेत प्रोत्साहन मिल्ने गरेको निर्देशक धामीले बताए । हरेक महिना विदेशी लगानीकर्ताहरू नेपालमा गरेको लगानी प्रतिफलस्वरूप लाभांश लैजाने गरेको पाइन्छ । लाभांश लैजानको लागि विभाग र राष्ट्र बैंकले आवश्यक सहयोग गर्दै आएको पाइन्छ ।

विदेशी लगानीकर्तालाई लगानी ल्याउन र प्रतिफल लैजान ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५’ले सहजीकरण गरेको छ । सोही ऐनअनुसार लगानीकर्ताले आफ्नो लगानीको सेयर वा उद्योग पूर्ण वा आंशिकरूपमा बिक्री गरी कर चुक्ता गरी लगानी फिर्ता लैजान वा नाफा लैजान सक्नेछन् । यस्तो रकम राष्ट्र बैंकको स्वीकृति लिई लैजान सक्नेछन् । लाभांश लैजान राष्ट्र बैंकमा लगानी लेखाङ्कन अनिवार्य भएको हुनुपर्नेछ । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको उद्योगमा विदेशी लगानी स्वीकृतिको काम विभागले दर्ता गर्छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार