झण्डै ७० हजार जना शेयरधनीलाई लाभांश रकम बुझन सानिमा हाइड्रोपावरको आग्रह

काठमाडौं । सानिमा माई हाडड्रोपावर लिमिटेडले आफना झण्डै ७० हजार जना शेयरधनीहरुलाई लाभांश रकम बुझन आग्रह गरेको छ । सानिमा शेयरधनीहरुले लाभांशवापत् करिब २ सय रुपैयाँ देखि १५ हजार रुपैयाँ सम्म बुझन बाँकी रहेको हुदाँ उक्त रकम बुझन शेयरधनी समक्षा आग्रह गरेको हो । सानिमाले आफना शेयधनीहरुलाई विभिन्न साधारण सभाहरुबाट पारित भएको लाभांश रकम बुझनको भनेको हो । संस्थाको विभिन्न साधारण सभाहरुबाट पारित भए बमोजिमको लाभांश रकम सम्वन्धित शेयरधनीले वा निजको हकवालले आफनो लिन बाँकी लाभांश रकम लिनको लागि संस्थाले आग्रह गरेको हो । त्यसको लागि अबको १ महिनाको समय अवधि तोकिएको छ ।

अबको १ महिना भित्र नगद लाभांश लिन छुट लाभांश रकम बारेमा बुभनको लागि सानिमा क्यापिटल लिमिटेड, सममार्ग १ नक्साल, काठमाडौंमा सम्र्पक गर्न सकिनेछ, संस्थाले भनेको छ । हालसम्म नगद लाभांश लिन छुट हुनु भएका शेयरधनीहरुले हितग्राही खाना नखोलेको भएमा आफूलाई पाएक पर्ने निक्षेप सदस्यकोमा हितग्राही खाता खोलि आफनो नाममा कायम रहेको भौतिक प्रमाणहरुलाई अभौतिकिकरण गर्न भनेको छ । भने हितग्राही खातमा सम्बन्धित शेयरधनीको बैंक खाता नम्बर यथासिघ्र अद्यावधिक गराई बाँकी रहेको लाभांश बुझन आफना शेयरसदस्यहरुलाई भनेको हो ।

यदि शेयरधनीहरुले समय मै नगद लाभांश तथा लाभांश नलिएमा कम्पनी ऐन, २०६३ को दफा १८२ बमोजिम लाभांश वितरण गर्ने विषयमा साधारण सभाले निर्णय गर्ने बताइएको छ । साधारण सभाले निर्णय गरेको मितिले ५ वर्षको अवधि समाप्त भएपछि पनि कुनै शेयरधनीले बुझी नलिएको नगद लाभांश्को रकम कम्पनी ऐनको दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार