दोहोरो अंकले घट्यो सेयर बजार, झण्डै ४ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १४.८३ अंकले घटेर २०३७.०९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.४२ अंकले घटेर ३५८.७५ विन्दुमा पुगेर बन्द भएको छ ।

आइतबार ३२० वटा कम्पनीको ९१ लाख ७८ हजार ८ सय ९५ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने ३ अर्ब ६० करोड ७१ लाख ९८ हजार रुपैयाँ रह्यो । आइतबार बजार पूँजीकरण रकम भने ३२ खर्ब ३० अर्ब २१ करोड ७७ लाख रुपैयाा रहन पुग्यो । आइतबार ४९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९० वटा कम्पनीको सेयर मूल्य घटेको र ७ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

समूह परिसूचक १३ वटा मध्ये २ वटा समूहको सेयर मूल्य बढ्दा बाँकी ११ वटा समूहको सेयर मूल्य भने घट्यो । वित्त ८.३९ र उत्पादन र प्रशोधन १.९९ अंकले बढ्दा बैकिङ ७.६१, विकास बैंक ३२.५४, होटल र पर्यटन २१.०४, जलविद्युत २७.४३, लगानी ०.५०, जीवन बीमा ४५.०८, लघुवित्त ६२.३७, म्युअुचल फन्ड ०.०२, निर्जीवन बीमा २९.४४, व्यापार ८.९४ र अन्य समूह १५.२७ अंकले घट्यो ।

आइतबार सबैभन्दा बढी कारोबार हुनेमा नेपाल फाइनान्स, जानकी फाइनान्स, युनाइटेड मार्दी हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी र एनआरएन डेभ्लपमेन्ट बैंक रह्यो ।नेपाल फाइनान्सको १२ करोड ८८ लाख रुपैयाँ, जानकी फाइनान्सको ११ करोड ९८ लाख रुपैयाँ, युनाइटेड मार्दी हाइड्रोपावरको १० करोड ३९ लाख रुपैयाँ, मुक्तिनाथ कृषि कम्पनीको ९ करोड ४० लाख रुपैयाा र एनआरएन डेभ्लपमेन्ट बैंकको ८ करोड ९४ लाख रुपैयाँ कारोबार भयो ।

आइतबार सबैभन्दा बढी कमाउेनमा मुक्तिनाथ कृषि कम्पनी र मैलुङ खोला जलविद्युत आयोजनाका लगानीकर्ताहरु रहे । मुक्तिानाथको १२७४ रुपैयाँ र मैलुङको ६९८ रुपैयाँमा सेयर कारोबार भयो । सबैभन्दा बढी गुमाउनेमा भने नकारात्मक सर्किट लागेको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहे । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको १२१९ रुपैयाा ९० पैसा र साधना लघुवित्त वित्तीय संस्थाको १०४० रुपैयाँमा कारोबार भएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार