सूर्यज्योति लाइफ इन्स्योरेन्सको झण्डै ४७ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको ४६ लाख ६३ हजार ७५६ दशमलव ९७४६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् ।

कम्पनीले बैशाख २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० दशमलव २६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले २४ दशमलव ७४ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार