नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा अभिमन्यु गोल्छा

काठमाडौं । नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा अभिमन्यु गोल्छा निर्वाचित भएका छन् । कम्पनीको छैठौँ वार्षिक साधारणसभाले उनलाई निर्वाचित गरेको हो ।

नव–निर्वाचित अध्यक्ष अभिमन्यु गोल्छाले संगठनको उत्कृष्ट परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । मञ्चका नवनिर्वाचित पदाधिकारीहरूले उद्यमशीलता प्रवर्द्धन गर्न, नेपालका युवा र महिलाका लागि अवसर सिर्जना गर्ने विषयमा आआफ्नो भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा मञ्चका पहिलो उपाध्यक्ष आप्पा शेर्पा, दोस्रो उपाध्यक्ष अनुभव श्रेष्ठ, कार्यसमिति सदस्यहरू क्षितिज तामाङ, इच्छा मल्ल, निर्दोष द्वा, सौरभ श्रेष्ठ, वेदिका मुरारका, सन्दीप शर्मा, सुरक्षा अधिकारी, सन्तोष पाण्डे र निखिल अग्रवाल सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार