बैंक तथा वित्तीय संस्थाको निक्षेप ६३ खर्बले नाघ्यो

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रको कुल निक्षेप ६३ खर्ब रुपैयाँले नाघेको छ । । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वित्तीय प्रणालीमा अहिले ६३ खर्ब २ अर्ब रुपैयाँ निक्षेप कायम छ । आर्थिक मन्दीका कारण उपभोक्ता माग घटेपछि व्यापार व्यवसाय र उत्पादन क्षेत्रमा कम लगानी भइरहेको छ । यी क्षेत्रमा ऋणको माग पनि घटेर गएको छ । मानिसहरूले बैंकमा निक्षेप राखेर ब्याज खाने प्रवृत्ति बढ्दा बैंकिङ निक्षेप बढेको बैंकहरू बताउँछन् ।

बैंकिङ प्रणालीमा रहेको ६३ खर्ब २ अर्ब रुपैयाँ निक्षेपमध्ये वाणिज्य बैंकहरुसँग ५५ खर्ब ८१ अर्ब रुपैयाँ ६१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ । विकास बैंक र वित्त कम्पनीहरुसँग ७ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप छ ।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा भने ५१ खर्ब ४५ अर्ब रुपैयाँ रहेको छ । यसमध्ये वाणिज्य बैंकहरूले प्रवाह गरेको कर्जा ४५ खर्ब ५१ अर्ब रुपैयाँ र विकास बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा ५ खर्ब ९४ अर्ब रुपैयाँ रहेको छ ।

बैंकिङ प्रणालीमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.५१ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाले निक्षेपको ९० प्रतिशतसम्म ऋण प्रवाह गर्न पाउँछन् ।

बैंक तथा वित्तीय संस्थाबीच हुने अन्तरबैंक कारोबारको ब्याजदर ३ प्रतिशत कायम छ । बैंकिङ प्रणालीमा रहेको कुल निक्षेपमध्ये चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.०६ प्रतिशत, २८.८९ प्रतिशत र ५८.६६ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाकोजैशाखसम्म निजी क्षेत्रमा कर्जा प्रवाह २ खर्ब २५ अर्ब २४ करोड (४.७ प्रतिशत) रुपैयाँ रहेको छ । अघिल्लो वर्ष १ खर्ब ५३ अर्ब १७ करोड (३.३ प्रतिशत) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा वैशाखसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार