१६ अंकले बढेको नेप्सेमा कारोबार रकममा कमी

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक १६.२९ अंकले बढेर २०५३.३८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.०१ अंकले बढेर ३६१.७७ विन्दुमा पुगेर बन्द भएको छ ।

सोमबार ३२३ वटा कम्पनीको ७१ लाख ६५ हजार ७ सय ३५ कित्ता सेयर कारोबार हुदाँ करोबार रकम भने २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार रुपैयाँ कारोबार रह्यो । जुन आइतबारको भन्दा कम कारोबार रकम हो । आइतबार ३२० वटा कम्पनीको ९१ लाख ७८ हजार ८ सय ९५ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने ३ अर्ब ६० करोड ७१ लाख ९८ हजार रुपैयाँ रहेको थियो । सोमबार बजार पूँजीकरण रकम भने ३२ खर्ब ५६ अर्ब ६ करोड १४ लाख रुपैयाँ रह्यो ।

सोमबार १७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६० वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
समूह परिसूचक १३ वटा मध्ये ११ वटा समूहको सेयर मूल्य बढ्दा बाँकी २ वटा समूहको सेयर मूल्य भने घट्यो । बैकिङ २१.७६, विकास बैंक ५२.५६, होटल र पर्यटन ४२.३४, जलविद्युत १५.३२, लगानी ०.०७, जीवन बीमा ५२.२७, लघुवित्त १४.३८, म्युअुचल फन्ड ०.०९, निर्जीवन बीमा ५१.९२, व्यापार ४.४९ र अन्य समूह ३.२० अंकले बढको छ । भने वित्त २०.४१ र उत्पादन र प्रशोधन १३.६२ अंकले घटेको हो ।

सोमबार सबैभन्दा बढी कारोबार हुनेमा नेपाल फाइनान्स, एनआरएन डेभ्लपमेन्ट बैंक ,जानकी फाइनान्स, युनाइटेड मार्दी हाइड्रोपावर र दोर्दी खोला जलविद्युत कम्पनी रह्यो । नेपाल फाइनान्सको १९ करोड १३ लाख रुपैयाँ, एनआरएन डेभ्लपमेन्ट बैंकको ११ करोड ८५ लाख रुपैयाँ ,जानकी फाइनान्सको ९ करोड ७६ लाख रुपैयाँ, युनाइटेड मार्दी हाइड्रोपावरको ८ करोड ४१ लाख रुपैयाँ र दोर्दी खोला जलविद्युत कम्पनीको ७ करोड ४४ लाख रुपैयाँ बराबर कारोबार भयो ।

सोमबारको बजारमा हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा दोर्दी खेला जल विद्युत कम्पनी , कर्पोरेट डेभ्लपमेन्ट बैंकको सेयर मूल्य बढ्यो । हिमालयन उर्जाको २९९ रुपैयाँ ६० पैसा, दोर्दी खोलाको ४७४ रुपैयाँ, र कर्पोरेट डेभ्लपमेन्टको ५५५ रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा बढी गुमाउनेमा नेपाल फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा मैलेङ खोला जलविद्युत आयोजना र स्वभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य घटेको छ । नेपाल फाइनान्सको ८७३ रुपैयाँ, मेलु्ङ जलविद्युतको ६३९ रुपैयाँ १० पैसा र स्वभिमानको १४२५ रुपैयाँ १० पैसामा कारोबार भएको छ ।

 

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार