सानिमा जिआईसी इन्स्योरेन्सले हकप्रद निश्काशन गर्ने, बिक्रि प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स  र सिटिजन्स क्यापिटल  बीच सानिमा जिआईसी इन्स्योरेन्सको हकप्रद शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्स तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटल तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा उल्लेख भएअनुसार सिटिजन्स क्यापिटलले सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको ५०,००,००० कित्ता हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार