धितोपत्र बोर्डको अध्यक्ष छान्न पुन समिति गठन

काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया पुन सुरु गर्ने भएको छ  । आजको मन्त्रिपरिषद बैठकले बोर्डको अध्यक्ष नियुक्त गर्नेका लागि नाम सिफारिस गर्नका लागि छनौट  समिति गठन गरेको छ । छनौट समितिमा राष्ट्रिय योजना आयागका उपाध्यक्ष मिनवहादुर श्रेष्ठको अध्यक्षतामा गठित समितिमा अर्थ मन्त्रालयका सचिव मधु मरासिनी र प्राध्यापक उदय निरौला सदस्य छन् ।

यसअघि पनि सोही समितिले काम गरेको थियो । तर छनौट समितिले तयार गरेको संक्षिप्त सुचीमा परेका पाँच प्रतिस्पर्धि मध्ये २ जना मात्र अन्तर्बार्ता र प्रस्तुतिका लागि  सहभागी भएपछि पुन सहभागी हुन छनौट समितिले बोलाएको थियो पछिल्लो समयमा पनि सहभागी नभएपछि २०८१ असार १४ गते  सम्पुर्ण प्रकिया रद्द गरेको थियो ।

नवगठित समितिले मंगलवारबाटै काम गर्ने बताइएको छ ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार