हवाइ टिकेटिङ् पोर्टल इसेभेनस्टार संचालनमा

काठमाडौं । सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले अनलाईन ट्राभल एजेन्सी इसेभेनस्टार सुरु गरेको छ ।

सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले आफ्नो एक दशक लामो  अनुभवलाई प्रयोग गरेर हवाई टिकेटिङ् सेवाको प्लेटफर्मको निर्माण गरेको जनाएको छ । “विश्व डिटिटलाईजेसन तर्फ अगाडि बढी रहँदा अवको भविष्य र व्यावसायिकता समेत यसैसँग जोडिने प्रष्ट देखिएकाले हामीले आफ्नो ओटिए (अनलाईन ट्राभल एजेन्सी) सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक शिव शर्मा बास्तोलाले बताए

इसेभेनस्टारका  ग्राहकहरूले विश्वभरका वायुसेवाका टिकटहरू जुनसुकै समयमा घरैमा बसेर आँफैँले काट्न सक्ने र  आवश्यक परेको खण्डमा २४सै घण्टा ग्राहक सेवामा तत्पर रहने कम्पनीले जनाएको छ  ।

कम्पनीका अनुसार अनलाईनमा खरिद गरिएको टिकटको भुक्तानी नेपाली वा विदेशी बैँकका भिसा, मास्टरकार्ड तथा अन्य कार्डहरू, विभिन्न बैंकिङ् वालेटहरू, ईसेवा, खल्ती जस्ता डिजिटल वालेट तथा कनेक्ट आईपिएस लगायतका भुक्तानी सेवा प्रदायक बाट सोझै गर्न सकिने छ ।

कम्पनीले स्थापनाको एकदशक पुरा गर्दै गर्दा हरेक बर्ष दर्जनौं वायुसेवा कम्पनीबाट विभिन्न विधामा पुरस्कृत हुँदै आएको बताएको छ भने हालै क्याथे प्यासिफिक एअरवेज, श्रीलङ्कन एअरलाईन्स्, मलेशिया एअरलाईन्स तथा थाई एअरवेज बाट उत्कृष्ठ ट्राभल एजेन्सी अवार्ड हात पारेको जनाएको छ  । सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले जापानमा समेत कार्यालय खोलेर ग्राहकहरूलाई टिकेटीङ् सेवा प्रदान गर्दै आएको बताएको छ

 

 

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार