नेप्सेमा दोस्रो सर्किट , ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौं । सरकार परिवर्तन हुने भएपछि शेयर बजारमा उछाल आएको छ । नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार शेयर बजारमा उछाल देखिएको हो ।

पहिलो सर्किट लागेर बजार खुलेको पहिलो मिनेटमा नै नेप्से ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लागेको हो । अव ४० मिनेटको लागि कारोबार बन्द भएको हो । पहिलो सर्किट लागेर बजार खुलेको पहिलो मिनेटमा नै नेप्से ५ प्रतिशत बढेपछि दोस्रो सर्किट लागेर ४० मिनेटको लागि कारोबार बन्द भएको हो। अब ४० मिनेटपछि नेप्सेमा पुनः कारोबार खुल्ने छ।

मंगलवार बजार खुलेको दोस्रो मिनेटमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेर २० मिनेटको लागि कारोबार बन्द भएको हो । २० मिनेटपछि नेप्सेमा पुनः शेयर कारोबार खुलेको थियो ।

आज बजार खुलेको दोस्रो मिनेटमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेर २० मिनेटको लागि कारोबार बन्द भएको थियो । अर्थमन्त्रीमा लगानीकर्ताले मन पराएका एमालेका विष्णु पौडेल आउने सम्भावना देखिएपछि पनि लगानीकर्ता उत्साहित भएका हुन ।

सरकार परिवर्तन हुने भएपछिसेयर बजारमा उछाल आएको छ । नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार सेयर बजार खुलेको आधा घण्टा नपुग्दै दोस्रो सर्किट लागेको हो ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार