सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रति तोला १०० रुपैयाँले बढेको हो । महासंघले मंगलबार प्रतितोला छापावाला सुन १ लाख ४२ हजार ३ सय रुपैयाँ र तेजावी सुन १ लाख ४१ हजार ६ सय रुपैयाँ तोकेको छ । सोमबार प्रतितोला छापावाला सुन १ लाख ४२ हजार २ सय रुपैयाँ र तेजाबी सुन १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदी प्रतितोला १५ रुपैयाँले बढ्दै १ हजार ८ सय ५ रुपैयाँ तोकिएको छ । सोमबार चाँदी प्रति तोला एक हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार