नेपाल टेलिकमको एमडीका उम्मेदवारलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बोलाइयो

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमको प्रवन्ध निर्देशक (एमडी)का लागि आवेदन दिएका उम्मेदवारहरुलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बोलाएको छ। मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै एमडी पदका लागि आवेदन दिएका उम्मेदवारहरुलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बिहीबार, शुक्रबार र शनिबार बोलाएको हो।

सञ्चार मन्त्रालयले जेठ २२ गते एमडी पदका लागि दरखास्त आह्वान गरेको थियो।

एमडीको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि अनन्त प्रकाश मल्लिक, अनिलकुमार झा, कमल लामिछाने, कृष्णप्रसाद भण्डारी, केदार नाथ कोइराला, चिन्तामणि बराल, नगेन्द्रकुमार दास, प्रमेप्रसाद सिलवाल र बुद्धीप्रसाद आचार्यलाई बोलाइएको छ।
यस्तै, रमेशप्रसाद जोशी, राजेश जोशी, लक्ष्मण महर्जन, डा. विमल आचार्य, ई. शालिकराम सुवेदी, डा. (ई) शालिग्राम पराजुली र निमित्त एमडी संगिता पहाडी अर्याललाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बोलाइएको छ।

सञ्चार मन्त्रालयको सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा रहेको तीन सदस्यित छनौट समितिले व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका आधारमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ। छनौटमा परेका तीन जना मध्ये एकलाई सरकारले एमडीमा नियुक्त गर्नेछ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार