मुद्दती निक्षेपमा लगानी गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकममा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४५ करोड रुपैयाँमा लगानी गर्नलाई आग्रह गरेको हो । जसअन्तर्गत वाणिज्य बैंकमा ३६ करोड रुपैयाँ, विकास बैंकमा ६ करोड ७५ लाख रुपैयाँ र वित्त कम्पनीमा रहेको २ करोड २५ लाख रुपैयाँ गरी कुल ४५ करोड रुपैयाँमा लगानी गर्न आग्रह गरेको हो ।

लगानी योग्य रकम मध्ये २०८१ साउन ३ गतेदेखि २०८२ असार २० गते सम्म ३६६ दिनको मुद्दती निक्षेपको रुपमा लन चाहेको रकम खोली ब्याजदर प्रस्ताव सहित पेश गर्न आग्रह गरिएको छ । आवेदन बिहीबारसम्म दिन सकिनेछ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको , बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहकेो, निष्क्रिय कर्जा कुल कर्जा सापटीको न्यूनतम सीमा कायम गरेका लगायतका शर्त पूरा गरेकाहरुले मात्र आवेदन दिन सक्ने छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार