सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा ११३को उपधारा (२) बमोजिम सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संघीय संसदको दुवै सदन (प्रतिनि सभा र राष्ट्रिय सभा)बाट पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाइएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार