नागरिक लगानी कोषको आज सम्म कायम शेयरधनीले मात्र लाभांस पाउने

काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज असार अन्तिम दिन रहेको छ । कोषले  साधारणसभा प्रयोजनार्थ असार २० गतेलाई बुक क्लोज मिति तोकेकोले गर्दा कम्पनीको आजसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउने छन् ।

कम्पनीले २०८१ असार ३१ गते हुँदैछ। कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने कोषको आर्थिक बर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० साल असार मसान्तको वासलात, नाफा/नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्नेछ, कोषको आर्थिक बर्ष २०७९/८० को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्टयाइएको प्रस्तावित १४ (चौध) प्रतिशत बोनस शेयर र ०.७३६८ (शून्य दशमलव सात तीन छ आठ) प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजनका लागि) स्वीकृत गर्नेछ, ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार