सानिमा बैंकको संस्थापक शेयर बिक्रिमा न्युनतम १५० रुपैँया पर्ने

काठमाडौं । सानिमा बैंक लिमिटेडको संस्थापक शेयर खरिद गर्न इच्छुक ६८ हजार कित्ता संस्थापक शेयर प्रति शेयर न्युनतम मूल्य रु १ सय ५०  का दरले बिक्रीमा रहेको छ

बैंकले यसअघि बिध्यमान शंस्थापक शेयरधनीलाई सो शेयर खरिदको लागि सुचना प्रकाशित गरेकोमा सो समय भित्र बिध्यमान संस्थापक शेयरधनीबाट कुनै आबेदन नपरेकोले गर्दा  अन्य इच्छुक व्यक्ति / संस्थालाई सो शेयर खरिदको लागि अनुरोध गरेको छ

शेयर खरिद गर्न चाहने व्यक्ति / संस्थाले १५ (पन्ध्र) दिन भित्र बैंकको केन्द्रिय कार्यालय, नारायणचौर नक्साल, काठमाण्डौमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरिदको लागि तोकेको मापदण्ड, Fit & Proper Test तथा प्रचलित कानुनी व्यवस्था अनुसारका प्रमाणित हुने आवश्यक कागजात सहित आफूले खरिद गर्ने शेयर संख्या तथा खरिद मूल्य खुलाई आवेदन  पेश गर्नु पर्ने छ । शेयर खरिदको लागि आवेदन गर्दा न्युनतम १,००० (एक हजार) कित्ता आवेदन गर्नु पर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार