आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं । आज छापावाल सुन प्रति तोला १ लाख ४२ हजार ७ सय मुल्य रहेको छ । हिजो प्रति तोला छापावाल सुन १ लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो ।  हिजोको मुल्यमा ४ सयले  बढेको हो । हिजो प्रति तोला तेजाबी  सुन १लाख ४१ हजार ६ सय मा कारोबार भएको थियो हिजोको मुल्यमा ६ सयले  बढेर  १ लाख ४२ हजार २ सय कायम भएको छ।

चाँदी प्रति तोला १८ सय ५ रहेकोमा आज २० रुपैँयाले बढेर १८ सय २५ मा कारोबार भएको नेपाल सुनचाँदी ब्याबसायी महासघंले जनाएको छ ।

आज छापावा सुन प्रति १० ग्राम को मुल्य १ लाख २२ हजार ३ सय ४५ रहेको छ । हिजोको मुल्यमा ३ सय ४५ रुपैँयाले बढेको हो । तेजावी सुन प्रति १० ग्राम को मुल्य १ लाख २१ हजार ७ सय ४५ रहेको छ हिजो १ लाख ४१ हजार ६ सयमा कारोबार भएको तेजाबी सुन प्रति १० ग्राम ३ सय ४५ रुपैयाले  बढेको छ । चादीँ प्रति १० ग्राम १५ सय ४७ रुपैँया ५० पैसामा कारोबार भएकोमा आज प्रति १० ग्रामको बढेर १५ सय ६४ रुपैँया ५० पैसा  कायम भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार