तरलता बढे सँगै ५० अर्ब उठाउदै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता बढे सँगै राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ बजारबाट उठाउन लागेको छ । २१ दिनको लागि निक्षेप संकलन उपकरण मार्फतले उक्त निक्षेप रकम संकलन गर्न लागेको हो । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो । पछिल्लो सयम बजारमा तरलता बढे सँगै राष्ट्र बैंकले आफनो मौद्रिक उपकरणमार्फत् निक्षेप संकलन गर्दै आएको हो । असार ६ गते ५० अर्ब रुपैयाँ र त्यसको एक एक साता अघि मात्रै ३५ अर्ब रुपैयाँ झिकेको थियो ।

राष्ट बैंकका अनुसार आज बुधबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आव्हान रकम गर्न पाउने व्यवस्था गरिएको छ।
निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर ( दशमलव पछिको हकमा अंकसम्म) उल्लेख गर्नु पर्नेछ । निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने बताइएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क“, “ख“ र “ग“ वर्गका बैंङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिक क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ । समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा‘ प्रो रेट बेसिस’ मा बाँडफाँड गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार